February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री ओली पुगे आयोग 

  • 10
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अहिले निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । निर्वाचनको तयारीका विषयमा छलफल गर्न ओली आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।

प्रधानमन्त्री ओली मंगलबार ११ बजे आयोग पुग्ने भनिएपनि झण्डै एक घण्टा ढिलोगरी ११ः५५ बजेमात्रै आयोग कार्यालय पुगेका हुन् ।

यसअघि ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु भने सवा ११ बजे नै आयोग पुगेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको