March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

नेविसंघद्वारा भागरथी हत्या घटनाबारे गृहमन्त्रीलाई ज्ञापनपत्र, छिट्टै सफलता हात पर्ने दाबी 

  • 1
    Share

काठमाडौं, नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटनाबारे गृहमन्त्री रामबहादुर थापा “बादल”लाई ज्ञापनपत्र बुझाएको छ ।

आज बिहान नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका पदाधिकारीहरु पुल्चोकस्थित मन्त्री निवासमा पुगेर गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाएका हुन् । गृहमन्त्री बादललाई आज ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाहीको माग गर्दै  नेविसंघले ध्यानाकर्षण गराएको छ ।

विगतमा निर्मला पन्त, सम्झना विक लगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा ती घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएकाले नै समाजमा अमानवीय र क्रूर घटनाले प्रश्रय पाउँदै नेविसंघको भनाइ थियो ।


नेविसंघ महामन्त्री दीपक भट्टराईले नेविसंघ ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले अनुसन्धान जारी रहेकाले छिट्टै सफलता हात पर्ने बताएको जानकारी दिएका छन् । मन्त्री थापाले भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने विश्वास दिलाएको उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको