February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्ति गर्ने सरकारको निर्णय

  • 4
    Shares

काठमाडौं, नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कायम मुकायम रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

यस अघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको