
असार १५ किसानकाे एक चाडकाे रुपमा पनि लिने गरिन्छ । विशेष गरेर यश दिनलाई मानाे राेपेर मुरी फलाउने कामकाे सुरुवाती दिन पनि मानिन्छ । आजको दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । असारे रोपाइँमा खेतमा धान रोपेर वा नरोपी सबैले दही चिउरा खाएर असार १५ मनाउँने गर्छन्। मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ ।
किसानले हिलो खेल्दै, पानीसँग पौठेजोरी खोज्दै, असारे भाकाको गीत गाउदै खेतमा बसेर खाजा खादै, खाजा खाने समयमा दही चिउरा खाएर रमाइलो गर्ने पुरानो परम्परा रहि अाएकाे छ । असारकाे सुरुवाती दिनहरुमा पानी नपरेपनि मध्याअवधि देखि पर्न सक्ने भएकोले पनि याे दिनमाबाट पानी पर्न सुरु हुने र उक्त दिनदेखि धान राेप्न सकिन्छ भन्ने कुरा पनि केही किसानकाे रहेकाे छ । पछिल्लो समय याे दिनलाई धान दिवसको रुपमा पनि मनाइन्छ ।

स्वास्थ्यको दृष्टिकोणले दही र चिउरा शरीरमा ऊर्जा र शीतलता दिनुको साथै पाचन प्रणालीका लागि निकै उत्तम खाद्य पदार्थ हो । २०६२ सालदेखि यो दिनलाई सरकारले धान दिवसका रूपमा मनाउन थालेको हो । धेरैजसो किसान हरुले सरकारले उपयुक्त धानकाे बीउ बिजन उपलब्ध गराउनु पर्ने माग पनि राखेका छन् र सिचाइ काे व्यवस्थापन पनि सरकारले गरिदिनुपर्छ र धानकाे व्यबसायमा अावश्य प्रविधि बढाएमा धानखेती राम्रो अाम्दानि लिएर निर्यात समेत गर्न सक्ने छ ।





