February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

  • 9
    Shares

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदैछन् । निर्वाचनको तयारी र आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली मंगलबार निर्वाचन आयोग जान लागेका हुन् ।

उनी बिहान ११ बजे आयोग जाने तय भएको छ । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

यसअघि पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुक्ष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायतका नेताहरु आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।

शीर्ष समाचार

धेरै पढिएको