कारागारमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खाजा वितरण

बिरगंज, पर्सा जिल्ला बिरगंज कारागारभित्र रहेको समता विद्यालयमा अध्यनरत छात्रछात्रालाई आवश्यक शैक्षिक सामाग्री तथा साना बच्चाहरुको लागि केही खानेकुराहरु वितरण गरिएको छ ।
सोमबार समुदाय – प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोल र रमेश चौधरी परिवारको संयुक्त आयोजनामा कारागारभित्र रहेका विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री तथा खाजा बितरण गरेको हो ।




सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरिको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा कारागारमा कैद भुक्तान गर्दै आईरहेका कैदी बन्दीहरुका बालबच्चाहरु सो विद्यालयमा पढ्दै आईरहेको छ ।
कारागारभित्र रहेको समता स्कुलमा अहिले पिजि क्लासमा-२५ जना, नर्सरि क्लासमा-२४ जना एलकेजिमा-२४ जना, युकेजीमा ७ -जना, एक क्लासमा- ३ जना र दुई क्लासमा -२ जना गरि जम्मा- ८५ जना अध्यनरत रहेको विद्यालयकी प्रधानध्यापक (प्रिन्सिपल) अनामिका मिश्राले जानकारी दिइन ।
आजको सो कार्यक्रममा बिशिस्ट अतिथिमा मुनलाईट बोडिङ्ग स्कुलका प्रिन्सिपल श्याम केसि, समता स्कुलकि प्रिन्सिपल अनामिका मिश्रा रिसा चौधरी, आँसु चौधरी, चादनी चौधरी, सिमरन चौधरी, राउन्ड टेबुलका सदस्य सुमित चौधरी, हिमान्शु चौधरी, प्रहरी नायब निरीक्षक खुब नारायण श्रेष्ठ, सामुदायिक सेवा केन्द्रका ईन्दिरा पोखरेल, ज्ञानमाया रायमाझी, मुना दाहाल, सन्जु दाहाल, सञ्चारकर्मी सन्तोषमान रन्जितकार, अजित कुमार भुजेल, जाकिर हुसेन लगायतकाको सहभागिता रहेको थियो ।


उक्त कार्यक्रमको स्वागत श्याम केसिले गरेका थिव भने कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण रायमाझीले गरेका थिए ।
लेखकको सम्वन्धमा