थप १३० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं, नेपालमा सोमबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ९४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेहरुको संख्या २ लाख ६८ हजार २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या २ हजार ४५ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ सय ४४ जना रहेको छ । ९२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्