बगैँचामा आगलागी हुँदा एक हजार स्याउका बिरुवा नष्ट, जुम्लाका किसान चिन्तित

जुम्ला, जुम्लाको तातोपानी गाउँपालिकाको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् ।
उक्त वडाका चार स्थानीय बासिन्दाका करीब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताएका छन् । स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोले सखाप बनाएपछि किसान चिन्तित भएका वडाध्यक्ष पे्रमबहादुर कठायतले बताए ।
उनले भने, “पानीको चरम अभाव भएको सो वडाको तरापी गाउँका किसानले बोकेरै सिँचाइ गरेर हुर्काएका एक हजार बढी स्याउका बिरुवा नष्ट भएका छन् ।” गाउँका चार जना किसानको बगैँचामै आगलागी भएको छ ।
सो बगैँचामा रहेको घाँस जलेर स्याउका बिरुवा काँटछाँट र व्यवस्थापन गरिएका स्याउका बिरुवा नष्ट भएको वडाध्यक्ष कठायतले बताए । स्याउका बिरुवासँगै बस्तुभाउलाई खुवाउन जम्मा गरिएको घाँस र एउटा गोठसमेत जलेको छ ।
प्रतिकृया दिनुहोस्