ऐतिहासिक धरहराको २१ तला निर्माण सकियो

काठमाडौं, २०७२ वैशाखको भूकम्पले क्षेति पुर्याएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हाल उक्त धरहराको २१ औं तला निर्माण सम्पन्न भएको छ ।
२१ तला पूरा भई २२औँ तलाको निर्माणकार्य सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिएका हुन् । २२औँ तला निर्माणकार्य सकिएसँगै सुनको जलपसहितको गजुर राखिने आयोजनाले जानकारी दिएको छ ।
‘हामीले २१ तलाको निर्माणकार्य सकेर २२ तलाको काम गर्दै छौँ’, प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठले भने, ‘गजुर निर्माणको काम भइरहेको छ । २२ तला सकिएपछि अबको डेढ महिनामा गजुर राख्छौँ।’
उनले पुरानै धरहराको गजुरमा सुनको जलप थप गरी राखिने बताएका छन् । उनले भने, ‘गजुरमा कति सुन राख्ने भन्ने पुरातत्व विभागसँग छलफल भइरहेको छ ।’
प्रतिकृया दिनुहोस्