February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, २६० जना डिस्चार्ज 

  • 19
    Shares

काठमाडौं, आइतबार थप ११९ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय १५ पुगेको जनाएको छ । 

गत २४ घण्टामा २६० जना संक्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको