२८ गते आमसभामा सहभागी हुन अध्यक्षद्वय प्रचण्ड–नेपालको आग्रह

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समुहले यही माघ २८ गते राजधानीमा गर्न लागेका जनप्रदर्शन तथा विरोधसभामा सहभागि हुन सबैलाई अनुरोध गरेका छन् ।
(प्रचण्ड-नेपाल) अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल “प्रचण्ड”ले आइतबार भिडिओ सन्देश जारी गर्दै प्रतिनिधि सभा विघटनका विपक्षमा, प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न लागि विरोध सभाको आयोजना गरिएको भन्दै सहभागिताका लागि आग्रह गरेका हुन् ।
प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमलाई परास्त गरेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने आफूहरुको अभियानमा साथ दिन भिडिओमा प्रचण्ड–नेपालले आग्रह गरेका छन् ।
सामवेशी शासन प्रणालीलाई सदृढ बनाउन र भ्रष्टाचारको विरोधमा सशक्त आवाजका उठाउनका लागि पनि विरोध सभामा सहभागी हुन आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस्