February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

भोलिबाट दोस्रो चरणको खोप अभियान शुरु, पत्रकार र कुटनैतिक कर्मचारीलाई प्राथमिकता

  • 9
    Shares

काठमाडौं, सरकारले दोस्रो चरणको खोप अभियान भोलिबाट शुरु गर्ने भएको छ । दोस्रो चरणमा दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको छ ।

यहीँ माघ १४ गतेदेखि माघ २४ गतेसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान शुरु गर्न लागिएको हो ।

उपत्यकाको सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालमा दोस्र्रो चरणको खोप लगाइने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ । यस्तै सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइने भएको छ ।सोमबारदेखि शुक्रबारसम्म खोप लगाइसक्ने तयारी छ ।

शीर्ष समाचार

धेरै पढिएको