March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

सभामुख सापकोटाले सर्वोच्चमा दर्ता गराएको रिटमाथि आज सुनुवाइ आज हुँदै 

  • 16
    Shares

काठमाडौं, संवैधानिक परिषद्ले गरेका विभिन्न संवैधानिक निकायमा गरेका पदाधिकारी नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सभामुख अग्नि सापकोटाले सर्वाेच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ आज हुँदै छ ।

उनले गत शुक्रबार दायर गराएको रिटको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा आइतबार  सुनुवाइ हुने भएको हो ।

सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्ति दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको