February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

अनेरास्ववियूले आज प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने

  • 1
    Share

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहको विद्यार्थी संगठन, अनेरास्ववियूले आज बालुवाटार घेराउ गर्ने भएको छ ।

अनेरास्ववियूले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि आइतबार दिउँसो २ बजे बालुवाटार घेराउ गर्न लागेको हो ।

संसद विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्रसमेत बुझाइने अनेरास्ववियूकी नेता आरती लामाले बताएकी छन् । उनका अनुसार भाटभटेनीमा जम्मा भएर प्रधानमन्त्री निवास बालुवाटारतिर अघि बढ्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको