February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

भारतर्फको पूर्वी नाका खुकुलो बनाएसँगै आवतजावत गर्न सहज

file photo

काँकरभिट्टा, कोरोना महामारीका कारण लामो समयपछि पूर्वी नाका खुकुलो बनाएसँगै काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज भएको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएपछि दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।

उक्त नाकाबाट ठूला सवारी साधन आजतजावतमा रोक लगाए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आजातजावत भइरहेको बताएका छन् ।

उनले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, असशक्तहरुलाई पालो मिलाएर सिटीरिक्सामा पठाउने गरको स्वीकार गरे । “मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको छ”, उनले भने, “तर अन्यको हकमा भने पुरानौ अवस्था छ । खुकुलो बनाइएको छैन ।’’

शीर्ष समाचार

धेरै पढिएको