February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

काेराेना संक्रमितकाे संख्या घट्दै, २४ घण्टामा ९९ संक्रमित थपिए

  • 20
    Shares

काठमाडौं, माघ २४ गते – नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ । पछिल्लो चौबीस घण्टामा ९९ जना संक्रमित थपिएको छ । त्यसैगरी २४८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल काेराेना सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ८०६ पुगेको जनाएको छ । जसमध्ये दुई लाख ६७ हजार ८१२ जना सङ्क्रमित निको भएका छन् भने हाल एक हजार ९५९ जना सङ्क्रमित आइसोलेशनमा रहेका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७९५ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे ।

हालसम्म २० लाख ९१ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । त्यसैगरी पछिल्लो चौबीस घण्टामा काेही पनि सङ्क्रमितको मृत्यु भएको छैन भने काेराेका कारण हालसम्म २ हजार ३५ जना सङ्क्रमितकाे निधन भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको