March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

गैरकानुनी रूपमा टुटल र पठाओ सञ्चालन भएको भन्दै ट्याक्सी व्यवसायीको प्रदर्शन

  • 30
    Shares

काठमाडौं, गैरकानुनी रुपमा टुटल र पठाओ सञ्चालन गरेको भन्दै काठमाडौंमा ट्याक्सी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् ।

शनिबार नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले माइतीघरमा प्रदर्शन गर्दै निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग गरेको हो ।

उनीहरुले माघ २२ गते नेकपाको दाहाल-नेपाल समूहले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको