February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

कपिलवस्तुमा संरक्षित स्मारक क्षेत्र घोषणासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • 5
    Shares

कपिलवस्तु, शान्तिका अग्रदुत गौतम बुद्धले २९ वर्ष बिताएको पवित्र ठाउँ तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाका लागि संरक्षित स्मारक क्षेत्र घोषणासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार कपिलवस्तु संग्रहलयमा भएको कार्यक्रममा लुम्बिनी विकास कोष, पुरातत्व विभाग, स्थानीय सरकारका प्रतिनिधिहरु, राजनीतिक दलका पार्टी प्रतिनिधि, पत्रकार र स्थानीय वासिन्दाहरुको सहभागितामा कार्यक्रम सप्पन्न भएको हो ।

छलफल कार्यक्रममा नेपाल सरकार पुरातत्व विभाग विश्व सम्पदा संरक्षण शाखाका प्रमुख सुरेश श्रेष्ठले संरक्षित स्मारक क्षेत्र घोषणा प्रकृयाको बारेमा बताएका थिए । उनले यस संरक्षित क्षेत्र घोषणाको लागि ४ किल्ला तोक्नुपर्ने धारणा राखे । तर चार किल्लाभित्रको कति क्षेत्रफल चाहिने र कुन कुन क्षेत्र भन्ने उल्लेख गरेनन् ।

स्थानिय सरकारका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासीलगायतले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नको लागि चालिएको प्रक्रियाको प्रशंसा तथा सहयोग गर्ने प्रतिवद्धता जनाउनुका साथै तिलौराकोट जग्गा अधिग्रहण प्रकृयाको बारेमा पनि चासो देखाएका थिए ।

कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले संरक्षित क्षेत्र घोषण प्रक्रियामा आफूहरुले सघाउने बताउँदै वर्षौंदेखि यही स्थानमा बस्दै आएका स्थानीयवासीहरुको जनजिविकाको लागि सञ्चालन र ब्यवस्थापनमा पुरातत्व विभाग र लुम्बिनी विकास कोष गम्भीर हुनुपर्ने बताएका थिए ।

त्यसैगरी राजनीतिकर्मी बाबुराम खनालले किसानहरुलाई सरकारले उचित मुवाजा प्रदान गर्ने र बफर जोन तथा कोर जोनमा परेका सबै जग्गा अर्थात् श्रेस्ता अनुसार अधिग्रहण गरी ब्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले जिल्लाका पुरातत्वसंग सम्बन्धित साइटका स्थानीयहरुसँग मिलेर कार्यक्रमहरु तय गरि अगाडी बढ्ने बताए ।

पुराततव विभागका जग्गा अधिग्रहण प्रारम्भिक अधिकारी रामबहादुर कुँवरले २०७३ सालदेखि हालसम्म २५ बिगहा क्षेत्रफल जग्गा अधिग्रहण भएको र मन्त्रिपरिषदबाट ७५ बिगहा जग्गा यस वर्ष अधिग्रहण गर्ने पारित भएको छ । तर रकम यस वर्षको लागि १४ करोड ९० लाख मात्र रहेको हुनाले शिवगढ गाउँको २० घरधुरी र केही खोतीवाला जमिन मात्र अधिग्रहण गर्न सकिने बताएका थिए ।

त्यही अन्तर्गत गाउँ ब्लक जग्गामा घर बनाई बसेका र विविध कारणले लालपुर्जा प्राप्त गर्न नसकेकाहरुको लागि यही माघ ७ गते बसेको बैठकले उहाँहरुले पनि यस वर्ष लालपुर्जा प्राप्त गर्ने र जग्गा पनि अधिग्रहण हुने बताएका थिए ।

लुम्बिनी बिकास कोषका सदस्य सचिव हिमाल उप्रतीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय सरकारको बीचमा कुनै तालमेल न रहेको ब्यापक गुनासो उठेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको