February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

संसद विघटनविरुद्ध माइतीघरमा बृहत् नागरिकको प्रदर्शन 

  • 17
    Shares

काठमाडौं, संसद विघटनविरुद्ध बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले शनिबार  काठमाडाैंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभा भंग गरेपछि हरेक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध गर्दै आएका छन् ।


सो प्रदर्शनमा उनीहरुले ‘संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं’ लेखिएको प्लेकार्ड देखाइएर विरोध प्रदर्शन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको