April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

बैतडीकी १७ वर्षीया भागरथी हत्याको तत्काल अनुसन्धान गर्न देउवाको माग

  • 94
    Shares

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवाले भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा देउवाले लेखेका छन्, ‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खवरले निकै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु।’

दोगडाकेदार–३ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा पढ्ने उनी २१ गते विद्यालय गएपछि घर फर्किनन् । विद्यालयबाट फर्कंदा उनको घर पुग्न २० मिनेट पैदल दूरी बाँकी रहेको लवलेक जंगलमा २२ गते बीभत्स अवस्थामा भट्टको शव भेटिएको थियो ।

भट्टको बलात्कारपछि हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । घटना शंकास्पद भए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको