
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नेपालकाे भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई विभिन्न कुरा गर्दै प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् ।तर नेपाली राष्ट्रियता त्यति कमजोर नरहेको उनकाे भनाइ छ । उनले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि भारतले मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको पनि बताएका छन् तर त्यो प्रयास सफल हुन नदिने प्रधान मन्त्रीकाे उद्घाेछ ।
नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् नेपालको नक्सा छापेर संविधान संशोधन गरेवापत प्रधानमन्त्री हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिँदै यतिवेला आफू हटे भोलिदेखि नेपालको पक्षमा कोही बोल्न नसक्ने भएकाले नेपालको राष्ट्रियतालाई त्यति कमजोर नठान्न आग्रह समेत गरेका छन् ।
यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोशिस गर्नेलाई गर्न दिऔं। कसैले हतार नगरे हुन्छ। मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन। यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न। आजका लागि होइन भोलिका लागि। आफ्ना लागि होइन देशका लागि।’ ‘हामीलाई हाम्रो भूमि फिर्ता चाहियो । प्वाइन्ट अफ नो रिजन’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले कुनैपनि विषयमा बहकिन जरुरी नरहेको भन्दै साम्प्रादायिकताका आधारमा विग्रह पैदा गर्नेहरुलाई मदन भण्डारीले एकतामा बदल्ने प्रयास गरेको र त्यही विचारबाट चलेको पार्टीलाई कमजोर नआक्न सुझाव दिए । उनले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएको भन्दै दुई देशबीचको तरुल पनि नभएकाले कसैको अधीनस्त भएर नबस्ने बताए । आइतबार मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
प्रम ओलीले मदन भण्डारीको विचारले नै नेपाली समाजलाई परिवर्तन गरेर यहाँसम्म ल्याउन सकिएको भन्दै भण्डारीको महत्वपूर्ण योगदानको चर्चा पनि गरे । ‘मदन भण्डारीका थुप्रै योगदान र प्रतिभा छन् । यसमा संक्षिप्तमा चर्चा गर्न सकिँदैन । उहाँको सफल र चमात्कारिक व्यक्तित्वका विभिन्न सफल र चमात्कारिक आयामहरु, पक्षहरु, पाटाहरु जुन हरेक आयामले उहाँका विचारलाई बदलिन, फैलाउन र लोकप्रिय बनाउन योगदान गरेको छ, ती कुरालाई पनि संक्षिप्तमा चर्चा गर्न सम्भव छैन’,ओलीको भनाइ छ ।
मदन भण्डारीको चर्चा गर्न उत्तिकै सतर्कता र सही विश्लेषण हुन जरुरी रहेको भन्दै उनले भण्डारीको चर्चा गर्न कठिन विषय भएको बताए । उनले अहिले अरु कुरा मान्ने तर मार्क्सवाद मान्दिनँ भन्ने विद्धवानहरु रहेको भन्दै त्यसमा दुईवटा कारण रहेको बताए । ती कारण खुलाउदै प्रम ओलीले त्यस्तो भन्नेहरुले मार्क्सवाद नै नबुझेकाले मान्दिनँ भनेको र अर्को लहैलहैको वैचारिक पूर्वाग्रह राख्नेहरुले त्यसो गर्ने गरेको बताए । जवकी मार्क्सजस्तो यस सहश्राव्दीको सवैभन्दा ठुलो चिन्तक भनेर निश्कर्षहरु निकालिएको छ ।





