
काम नगर्ने कार्मचारी लाई हटाउने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले बताएका छन् । राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई हटाउने भन्दै उनले आइतबार मन्त्रालयमा आयोजित एसएमटी (सिनियर मेनेजमेण्ट टीम) को बैठकलाई सम्बोधन गर्दै गर्दा यस्तो चेतावनी दिएका छन् ।
मन्त्री भट्टराईले भने, ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला उनले भनेका छन् ।





