
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । अब पुन बैठक असार १६ गते हुनेछ । बैठकबारे शनिबार अपरान्ह पत्रकारहरूलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई दिन बैठक स्थगित गरिएको बताए ।
उनले असार १६ गते विहान ११ बजे पुनः बैठक बस्ने बताउदै भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दहि चिउरा खाने दिन भएकोले अर्को बैठक असार १६ गते बालुवाटारमै बस्ने जानकारी दिए। शनिबार सीमाबारे स्थायी कमिटीमा छलफल भएको थियो । २१ जना स्थायी कमिटी सदस्यले सीमाबारे धारणा राखेको छन् । असार १६ गते सीमाबारे केहीबेर छलफल गर्ने र अरू एजेन्डामाथि छलफल हुने पनि जनाइएको छ ।





