
काेराेना अपडेट
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या १२ हजार नाघेकाे छ । शनिबार ५५४ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १२० महिला र ४३४ पुरुष छन् याे समेत गरि नेपालमा काेराेना पुष्टि भएको संख्या १२ हजार ३०९ जना पुगेकाे छ । जसमध्ये महिला १३ सय ६९ र पुरुष १० हजार ९४० रहेका छन् । डिस्चार्ज हुनेकाे संख्या २ हजार ८३४ जना रहेका छन् जसमध्ये १४२ महिला र बाकी पुरुष छन आज मात्र १८ महिला र ११८ पुरुष गरि १३६ जना डिस्चार्ज भएका हुन् आज एक जनाकाे थप मृत्यु भएको छ । याे सँगै २८ जनाकाे काेराेना संक्रमितकाे कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार शनिबारदेखि देशभर काेराेना फैलिएको छ रसुवा जिल्ला बाँकि थियाे आजबाट साे जिल्लामा पनि संक्रमित फेला परेकाेले नेपालकाे ७७ वटै जिल्लामा काेराेना संक्रमित फेला परेकाे छन् । जाेखिम दिन दिनै बढेकाेले सम्पूर्ण देशवासीले सतर्कता अपनाउन पनि जरुरी रहेकाे छ ।







