
सिन्धुपाल्चोक – नेपाली कांग्रेसका पूर्वमन्त्री माेहन बहादुर बस्नेतकाे पहलमा सिन्धुपाल्चोक बाह्रबिसेमा पीसीआर परिक्षण गर्ने मेसिन उपलब्ध गराउने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरसको संक्रमण पीसीआर परीक्षण गर्न सजिलाे हुने र सम्पूर्ण जिल्लावासिले समेत परिक्षण गराउन सकिने पनि विज्ञप्ति मार्फत बताएका छन् ।
आफ्नाे पहलमा उक्त मेसिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । कांग्रेसका नेता बस्नेतले शनिबार विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा रहेको अस्पताललाई पीसीआर परीक्षणको मेसिन उपलब्ध गराउने बताएका हुन् । उनले निःशुल्क रुपमा कोरोनाको नमूना परीक्षण हुने समेत बताएका छन् । मन्त्री बस्नेतले बेसार र तातोपानी खाएर नभइ पीसीआर पद्धतिबाट कोरोनाको नमूना परीक्षण गरी सचेत हुनुपर्ने र कोरोनाविरुद्धको लडाइँलाई जित्नुपर्ने सक्ने बताएका छन् ।
बेसार र पानी खानु, हाछ्यु गर्नु, कोराना फाल्नु, घरमा बस्नु भन्ने जस्ता सरकारी रवैयाबाट उक्त समस्याको व्यवस्थापन र समाधान नदेखिएको परस्थितिमा जनस्तरबाट समेत सक्रिय भूमिका खेल्नुपर्ने देखिएकोले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ स्थित बाह्रबिसेको अस्पतालमा पीसीआर प्रविधिको अत्याधुनिक उपकरणको व्यवस्था गरी सिन्धुपाल्चोक जिल्लावासिले कोराना परीक्षण गर्नुपर्ने र गराउन चाहने आम नागरिकलाई आफ्नो जिल्लामा यो सेवा यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाइदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालमा कोरोना महामारीको प्रकोप तीब्र गतिमा बढिरेको परिस्थितिमा सरकारले उचित सावधानी अपनाउन नसक्नुमा नेपाल र नेपालीहरूका दुखद रहेकाे बताए ।





