February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

बिरगंजमा प्राथमिक उपचार तालिमको आज दोस्रो दिन पत्रकारहरुलाई प्रशिक्षण

  • 58
    Shares

बिरगंज, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले आयोजना गरेको आधारभुत प्राथमिक उपचार पुनरताजगि तालिमको आज दोस्रो दिन रक्तस्राब भएमा र हड्डी टुटेमा गरिने तत्काल प्राथमिक उपचारबारे प्रशिक्षण दिइएको छ ।

तत्काल प्राथमिक उपचार कसरी गर्ने घाइते र बिरामीलाई तत्काल प्राथमिक उपचारद्वारा ठुलो जोखिमबाट कसरी बचाउन सकिन्छ भन्नेबारे प्रशिक्षण दिईएको थियो ।

रक्तस्राब विभिन्न कारण हुने गर्दछ । दुर्घटना भएमा, रुखबाट लडेर, हातहतियारले लागेर, कुनै बस्तुले घोचेमा रक्तस्राब हुने भएकोले त्यस्तो अवस्थामा आफू सुरक्षित भई घाईते वा बिरामीको अवस्था हेरि रक्तस्राब भएको ठाउँमा तत्काल ब्यान्डेज गर्ने वा ब्यान्डेज छैन भने रुमाल वा गमछा जे छ त्यसले बाधने जसले गर्दा तत्काल रक्तस्राब भएको ठाउबाट रगत बग्न पाउदैन र खतरामुक्त हुन सकिने सो प्रशिक्षणमा जानकारी दिइएको थियो । यस्तै आवश्यक परेमा थप ब्यान्डेज गर्ने र मृटुको सतह भन्दामाथि राख्नुपर्छ जसले गर्दा ब्लड सर्कुलर हुन पाउँदैन ।

हातका औंलाको अङ्ग छुट्टिएको अवस्थामा, नाकबाट रगत आएको अवस्थामा, चोट लागेर टुटुल्को उठेमा, रगत जमेर निलो जस्तो देखेमा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने बारे पनि प्रशिक्षण दिएको थियो ।

कुनै कारणबस दुर्घटना भएमा घाइतेको आन्तरिक रक्तस्राब भएको छ, छैन कसरी थाहा पाउने त्यसबारे पनि जानकारी गराईएको थियो । महिलाहरुको महिनावारीको समय भन्दापछीको अवस्थामा रक्तस्राब भएमा गर्ने उपचारको बारेमा प्रयोगात्मक (डेमो) गरि आजको प्रशिक्षण जानकारी गराईएको थियो ।

त्यसैगरि कुनै व्यक्तिलाई गोलि लागेको अवस्थामा तत्काल प्राथमिक उपचार, हाड भाचेको अवस्थामा कसरी घाइते र बिरामीहरुको कसरी प्राथमिक उपचार गर्ने भन्नेबारे सुदर्शन पन्डित, साबिर अहमद एराज, उमेश मिश्र र राजन श्रीवास्तव लगायतकाले प्रशिक्षण दिएका थिए । भोलि बिहीबार तेस्रो दिन कार्यक्रमको अन्तिम दिन र समापन कार्यक्रम रहेको छ ।

आजको तालिममा अजित कुमार भुजेल, तुलसी भण्डारी, नितेश कर्ण, प्रणय साह, बिनोद पटेल, युवराज खड्का, सुभाष राम लगायतकाको सहभागीता रहने छ ।

शीर्ष समाचार

धेरै पढिएको