February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

कोरोना खोप कार्यक्रम निरीक्षण गर्न काठमाडौंका विभिन्न अस्पताल पुगे प्रधानमन्त्री ओली 

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना खोप कार्यक्रम निरीक्षण गर्न उपत्यकाका विभिन्न अस्पताल पुगेका छन् । आजबाट सरकारले देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको हो ।

ओली त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पताल पुगेर खोप कार्यक्रम अवलोकन गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएको अस्पतालमा पुगेर निरीक्षण गरेपनि प्रतिक्रिया भने दिएका छैनन् ।

शीर्ष समाचार

धेरै पढिएको