May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

प्रलोभनमा पारी भारततर्फ लादै गरेको सात वर्षीया बालिकाको उद्धार

सांकेतिक तस्वीर

धनुषा, विभिन्न प्रलोभनमा पारी ललाइफकाइ भारततर्फ लागिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।

सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको