May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

कांग्रेसको केन्द्रीय समिति बैठक आज सानेपामा बस्दै 

  • 2
    Shares

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा दिउँसो बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितीको विषयमा छलफल हुने भएको छ ।


आजको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दवाब दिने तयारी गरेको छ ।

संसद विघटनविरुद्ध सडक संघर्ष गर्ने या अदालतको निर्णय कुर्ने भन्नेमा कांग्रेसमा दुईधार रहेको छ । सभापति शेरबहादुर देउवा निर्वाचनको पक्षमा र पौडेल पक्ष विघटनविरुद्धको सडक संघर्षलाई प्राथमिकता दिनुपर्ने अडानमा छन् ।

शीर्ष समाचार

धेरै पढिएको