May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई हिजो आयोगले खत्तम पार्दिएछ: प्रम ओली

  • 65
    Shares

दाङ, प्रधानमन्त्री एवम् नेकपा प्रथम अध्यक्ष केपी शर्मा ओलीले (प्रचण्ड-नेपाल समुहले ) केही मानिस बैठक छाडेर चौतारामा बसेर पार्टी अध्यक्ष घोषणा गरेको तर  निर्वाचन आयोगले हिजो खत्तम बनाइदिएको बताएका छन् ।

नेकपा दाङ जिल्ला कमिटीले सोमबार आयोजना गरेको जिल्ला भेलामा उनले माधव नेपाललाई कटाक्ष गरेका हुन् ।

निर्वाचन आयोगले प्रक्रिया नपुगेको भन्दै आइतबार दुवै समूहले आयोगमा पठाएको विवरण अद्यावधिक गर्न मानेको थिएन ।

प्रधानमन्त्री ओलीले भने, “उनीहरू बैठकमा नआएर निर्वाचन आयोग गएर हामी नै आधिकारिक हौँ भने । दश दिनपछि गएर फेरि हामीले दाबी गर्नै पर्दैन भने । त्यसपछि पनि गएर निर्वाचनको तयारी नगर्न भने । केही मानिसहरू सरकारलाई असफल बनाउन लागेका छन् । पार्टी फुटाउन लागेका छन् । म असफल भएर केही हुँदैन । देश असफल हुनुहुँदैन ।”

उसले पार्टी एकतापछि २०७५ जेठ २३ गते बुझाएको कमिटीलाई नै मान्यता दिएको थियो र त्यसमा हेरफेर गर्न नसकिने बताएको थियो ।

भेलालाई सम्बोधन गर्दै उनले केही मानिसहरू पार्टी छाडेर गएको, आन्दोलन समाप्त पार्न लागेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई आरोपित गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको