May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

  • 25
    Shares

काठमाडौं, सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १३३ जना महिला र २०६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । गत २४ घण्टामा कोरोना निको भई ४०१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ ।

हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या १३२ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको