May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

अमेरिकी राजदूत बेरी र नेकपा अध्यक्ष प्रचण्डबिच भेटवार्ता

  • 6
    Shares

काठमाडौं, नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

नयाँ राष्ट्रपतिले कार्यभार सम्हालेपछि अमेरिकाको नयाँ प्रशासनका प्राथमिकताबारे जानकारी गराउन राजदूत बेरीले प्रचण्डलाई भेट गरेका हुन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले माघ ७ गते कार्यभार सम्हालेपछि उनी नेतृत्वको प्रशासनको प्राथमिकताबारे जानकारी गराउन राजदूत बेरीले नेपाली नेताहरुसँग भेट गरेका हुन् ।

‘अमेरिकाका नयाँ राष्ट्रपतीय प्रशासनका प्राथमिकताबारे छलफल गर्नका लागि मैले सुरु गरेको शृंखलाबद्ध भेटघाटका क्रममा आज अध्यक्ष प्रचण्डसँग भेट गरेको छु,’ बेरीले भनेका छन्, ‘प्रजातान्त्रिक व्यवस्थालाई थप सुदृढ गर्ने, जलवायु परिवर्तनको सामना गर्ने, र महिला र बालिकाहरुको अवस्था संसारभर सुधार गर्ने अमेरिकी प्रतिबद्धतालाई मैले दोहोर्‍याएको छु।’

शीर्ष समाचार

धेरै पढिएको