
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय–संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीनवटा विधेयक प्रमाणीकरण गरेकी छन् । प्रमाणीकरण भएका विधेयकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् ।
राष्ट्रपतिबाट यी विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकाे जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले सञ्चार माध्यम लाई बताए





