May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

संसद विघटनको विरोध प्रदर्शनमा उत्रिएका २६ अधिकारकर्मीहरु पक्राउ

  • 12
    Shares

काठमाडौं, प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी कृष्ण पहाडीसहितका दुई दर्जनभन्दा बढी अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका सभापति पहाडीसहितका २६ जना व्यक्तिहरु पक्राउ परेका हुन् । प्रधानमन्त्री ओलीले आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर्न माग गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

हाल उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य शक्तिको दूरूपयोग गरेको भन्दै अधिकारकर्मीहरू पनि आन्दोलित छन् ।

शीर्ष समाचार

धेरै पढिएको