May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

पार्टीभित्रै ओली एक तिहाइभन्दा तल छन्, दुई तिहाइ ल्याउँछु भन्नु आफैँमा नौटंकी हो: नेता भुसाल

  • 1
    Share
file photo

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै एक तिहाइभन्दा तल भएर पनि दुई तिहाइ ल्याउँछु भन्नु आफैँमा नौटंकी भएको बताएका छन् ।

आज रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका भुसालले आयोगले निर्णय गर्न नसक्नुको औचित्य पुष्टि गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध टिप्पणी गर्दै उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै एक तिहाइभन्दा तल छन्, यस्तो अवस्थामा दुई तिहाइ ल्याउँछु भन्नु आफैँमा नौटंकी नै हो ।’

उनले बहुमत केन्द्रीय सदस्य भएको प्रचण्ड–नेपाल समूहको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन्  । आयोगले नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय रहेको पुष्टि गर्नुले नै आफूहरु आधिकारिक भएको प्रष्ट भएको उनकाे भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको