May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

नेकपा दाहाल-नेपाल पक्षद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

  • 2
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले तेस्रो चरणका आन्दोलन कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको हो ।


आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १३ गते सिठ्ठी जुलुस गरिने भएको छ । यस्तै माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना कार्यक्रम कार्यक्रम घोषणा गरिएको छ । माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने पनि दाहाल-नेपाल समूहले जनाएको छ ।

१५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा सभा हुने भएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालले सम्बोधन गर्ने भएका छन् ।

यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्‍याली र २६ गते मसाल जुलुस हुने भएको छ । माघ २८ मा काठमाडौंमा विरोध सभा गरिने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको