April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

ओलीले इतिहासमा कलंकको टीका त लाइसके: अध्यक्ष प्रचण्ड 

file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा 
कलंकको टीका लगाएको बताएका छन् । ओली पक्षले जत्रो र्‍याली निकाले पनि त्यो पञ्चर्‍याली हुने नेकपा अध्यक्ष प्रचण्डले बताएका छन् ।

‘प्रतिक्रान्तिकारी भइ नै सके केपी ओली,’ प्रचण्डले भने, ‘त्यसैले मैले भन्छु, इतिहासमा कलंकको टीका त लाइनैसके ।’

काठमाडौंको पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज (सोमबार) बिहान प्रदेश नम्बर २ का कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष प्रचण्डले भने, ‘राजाहरूले पनि आफू ढल्नुभन्दा अगाडि, पञ्चहरूले पनि आफू ढल्नुभन्दा अगाडि र्‍याली गर्थे, त्यसैले त्यस्ता र्‍यालीकाे केही अर्थ छैन, पञ्चर्‍याली।’

त्यसैले ओलीले निकाल्ने र्‍याली सानो भए पनि ठूलो भए पनि त्यसकाे कुनै अर्थ नहुने उनले बताए ।

उनले भने, ‘जब त्यो प्रतिगमनै भइसकेपछि ठूलो भए पनि सानो भए पनि त्यसको के अर्थ?’

आफूहरूले गरेको र्‍यालीचाहिँ देश, जनता र गणतान्त्रका पक्षमा भएकाले सानो भए पनि ठूलो भए पनि जनताको र्‍याली भएको उनले बताए । उनले भने, ‘हाम्रो प्रदर्शन जनताको प्रदर्शन हो, हाम्रो प्रदर्शन प्रतिक्रान्तिका विरुद्धको प्रदर्शन हो ।’

शीर्ष समाचार

धेरै पढिएको