May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

पत्नी राधिका शाक्यसहित प्रधानमन्त्री ओली पशुपतिमा

  • 32
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित मन्दिरको दर्शन गर्न पुगेका हुन् । उनलाई पुशपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति तथा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा र सवा लाख दीप प्रज्वलन गरेका छन् ।

उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको