May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

प्रधानमन्त्री ओली आज दाङको देउखुरी जाँदै 

  • 10
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली सोमबार  दाङको देउखुरी जाँदैछन । राप्ती नदीमा बनेको पक्की पुलको उदघाटन र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी दाङ जान लागेका हुन् ।


उनले सिसहनियाँ–महदेवा जोड्ने गरी राप्तीमा बनेको पक्की पुलको उदघाटन गर्ने कार्यक्रम छ । राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको छ ।

पुल उदघाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई ओलीले सम्बोधन गर्नेछन् । पार्टी विभाजन भएपछि ओली दोस्रोपटक कााठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको