
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या ११ हजार नाघेकाे छ आजमात्र ४३४ जना नयाँ संक्रमित थपिएका छन् । याे सँगै काेराेना संक्रमितको संख्या ११ हजार १६२ जना पुगेका छन् जसमध्ये महिला १ हजार १४२ र पुरुष १० हजार ४२ रहेका छन् । हालसम्म काेराेना संक्रमित भई मृत्यु हुनेकाे संख्या २६ जना पुगेकाे छ । आज थप दुई जनाकाे मृत्यु भएको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रा. डा. जागेश्वर गाैतमका अनुसार काेराेना बाट डिस्चार्ज हुनेकाे संख्या पछिल्लो समय बढेकाे छ । बिहीबार मात्र डिस्चार्ज हुनेकाे संख्या ३१२ जना रहेका छन् । जसमध्ये महिला १९ जना र पुरुष २९३ रहेका छन् । याे सँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेकाे संख्या २ हजार ६५० रहेका छन् जसमध्ये महिला २१६ । पुरुष २ हजार ४३४ जना रहेका छन् ।





