April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

थप २७० जनामा कोरोना पुष्टि, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो 

काठमाडौं, आइतबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ७ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।

गत २४ घण्टामा ४ सय ३ जना निको भएर फर्किएका छन् । कोरोना निको भई घर फर्कनेको कुल संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । हाल सम्म देशभर सक्रिय संक्रमितका संख्या ३ हजार ३ सय १२ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको