May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

सातै प्रदेशमा आज कोरोना खोप पुग्दै, अस्पताललाई नै केन्द्र बनाएर खोप लगाइने

  • 1
    Share

काठमाडौं, कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ आज सबै प्रदेशहरुमा पुग्ने स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशहरुबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ ।

अस्पताललाई नै खोप केन्द्र बनाएर पहिलो चरणको खोप लगाइनेछ । खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड-१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

सातै प्रदेश र ७७ जिल्लामा गरी करीब ३ सय अस्पतालबाट खोप लगाइने बताइएको छ । दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने छ ।

खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने तयारी भएको मन्त्रालयले जनाएको छ । भारत सरकारले यहीँ माघ ८ गते अनुदानमा नेपाल सरकारलाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको