May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु नै देश विरोधी हुन्: प्रधानमन्त्री ओली

file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए ।

अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको बताएका हुन् ।

उनले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भन्नेहरु पनि छन् । अलोकतान्त्रिक कदम भनेर कराउने मान्छे नै संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी हुन् ।’

ओलीले अपांगता भएका व्यक्तिहरुका लागि सरकार साथमा रहेको बताएका छन् । आइतवार काठमाडौंमा आयोजित अपांगता निवारणका लागि काम गरिरहेका ९ वटा संस्थाहरुले गरेको अन्तर्किया कार्यकमा प्रधानमन्त्री ओलीले आवश्यक्ता हुनेलाई सरकारले हेर्ने बताए ।

ओलीले भने, “जसलाई सहयोगको आवश्यक्ता छ । सरकार तपाईहरुको साथमा छ । जीवनमा आइपरेका समस्याहरुको समाधानको लागि सरकारले सोच्छ, सोच्नैपर्छ ।” कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका केही महत्वपूर्ण काम गर्नु कामहरु गरिरहेको भन्दै त्यसबारे सरकारको काम कारबाहीका बारेमा प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले भने, “हिजो सडकभरी बालबालिका हुने गर्थे । जसलाई खाते भन्ने नाम लिएर सम्बोधन गर्ने गरेका थिए । अहिले सडकमा खाते छैन् । सरकार छ यहाँ कसैलाई खाते हुन दिइँदैन ।”

शीर्ष समाचार

धेरै पढिएको