March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

विवाह बन्धनमा बाधिए मुख्यमन्त्री राई

काठमाडौं, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङ्मु शेर्पाले आज विवाह बन्धनमा बाधिएका छन् ।

आज काठमाडौंको पार्टी प्यालेसमा सिमित आफन्त तथा नेताहरुकाबिच “मिस मंगोल नेपाल–२०१८” की विजेता ज्याङ्मुसँग प्रेम विवाह गरेका हुन् ।

विवाह साइतअनुसार आइतबार बिहान टिकाटालो गरेका छन् । ‘आज भेको विवाह समारोहमा करिब पाँच सय जनालाई निम्तो दिइएको बताइएको छ । अतिथि तथा निम्तालुहरुलाई विवाहमा सहभागीका लागि ३ बजेको निमन्त्रणा कार्ड दिइएको छ ।

यस्तै भोली सोमबार विराटनगरमा पनि विवाह भोज दिने र त्यसका लागि सबै तयारी भइसकेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको