May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

अपाङ्ग भएका व्यक्तिहरुको मनोबल उच्च बनाउन सरकार साथमा छ: प्रधानमन्त्री ओली 

File Photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित अपाङ्गता भएका व्यक्तिहरुसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिको जीवनका समस्याका विषयमा सरकारले सोच्ने बताएका हुन् ।

उनले यस सम्बन्धमा आवश्यक काम अगाडि बढाउने र शारीरिक अपाङ्ग भएका व्यक्तिहरुको मनोबल उच्च बनाउनका लागि सरकार सधै साथ रहेको उनले बताए ।

‘जो व्यक्ति आफै सक्षम छैन, सबैभन्दा पहिला सरकार उसलाई चाहिन्छ’,  प्रधानमन्त्री ओलीले भने ‘त्यसकारण सरकार तपाईंहरुको साथमा छ, जसलाई सबैभन्दा बढी सहयोगको आवश्यकता हुन्छ।’

उनले देशको रक्षादेखि सुशासन कायम गर्नु र जनताको समस्याको पहिचान गरी समधान दिनुसम्म सरकारको काम भएको उनले बताए। 

शीर्ष समाचार

धेरै पढिएको