May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

पेरिसडाँडामा नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी समितिको बैठक जारी 

  • 12
    Shares

काठमाडौं, प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ । आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको नेता बेदुराम भुसालले जानकारी दिएका छन् ।

उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने, शुक्रबारको विरोधसभाबारे समीक्षा गर्ने र आन्दोलनका थप कार्यक्रम तय गर्ने विषयमा छलफल हुने भएको छ ।


यसअघि माघ २ गते बसेको नेकपाको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम माघ ५ गते स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, नेताहरु मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा लगेर स्पष्टीकरण पत्र बुझाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको