May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

एक महिनामा १०० भन्दा बढी अनुचित व्यापारिक कारोबार गर्ने फर्म कारवाहीमा

  • 9
    Shares

काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा रु १३ लाख ७४ हजार राजश्व सङ्कलन गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिएका छन् ।

विभागले अनुचित व्यापारिक कारोबार जनाउँदै गत पुसमा १०९ फर्मलाई कारवाहीस्वरुप जरिवाना गरेको हो ।

सेढाईंका अनुसार एक महिनाको अवधिमा विभिन्न २८ विषयगत क्षेत्रका ३५१ फर्मको अनुगमन गरिएको थियो । तिनमा १६८ फर्मलाई तत्काल सुधार गर्न सामान्य निर्देशन दिइएको र रु एक लाख ३३ हजार बढीको म्याद सकिएका सामग्री नष्ट गरिएको, ६६ फर्मलाई स्पष्टीकरण सोधिएको तथा छ फर्मबाट नमूना सङ्कलन गरिएको जनाइएको छ ।

एक महिनाको अवधिमा सबैभन्दा धेरै खाद्यान्न पसललाई कारवाही गरिएको सूचना अधिकारी सेढार्इंले जानकारी दिए । उनका अनुसार १०६ खाद्यान्न पसलको अनुगमन गर्दा २७ फर्म अनुचित व्यापारिक कारोवारमा संग्लन भएको पाइएपछि कारवाही गर्दा रु ४४ लाख पाँच हजार राजश्व सङ्कलन भएको छ ।

यसैगरी अनुगमन गरिएका खाद्यान्न फर्ममध्ये ६२ फर्मलाई सामान्य निर्देशन दिइएको, रु ५४ हजार बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको र १६ फर्मलाई स्पष्टीकरण सोधिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको