May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

ओलीको प्रतिगमनले संविधानरुपी लोकमार्गमा ठुलो पहिरो ल्याएको छ: बाबुराम भट्टराई 

काठमाडौं, पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान मासेर गरिने चुनावले दुर्घटना निम्त्याउने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले संविधानरुपी लोकमार्गमा पहिरो ल्याएको र पहिरो नपन्छ्याइ चुनावको गाडी कुदाउन खोजिए त्यसले दुर्घटना निम्त्याउने बताएका हुन् ।

उनले २०१६ पछिका तुलसी गिरी र केशरजंग रायमाझी नबन्न समेत सचेत गराएका छन् । २०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा तत्कालीन राजा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बीपी कोइरालाले धोका खाएको स्मरण गर्दैै उनले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेता भट्टराईले आन्दोलनमा जोड दिदै आएका छन ।

शीर्ष समाचार

धेरै पढिएको