May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

“आवेगले कसैलाई फाइदा गर्दैन, हाम्रो आपत्ति उनीहरु हिँडेको बाटोप्रति हो तर व्यक्तिप्रति हैन”

  • 21
    Shares

गुल्मी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताएका छन् । उनले आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा नगर्ने बताएका हुन् ।

उनले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रेसुङ्गा नगर कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले भने, “आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा गर्दैन, हाम्रो आपत्ति उनीहरु हिँडेको बाटोप्रति हो तर व्यक्तिप्रति हैन ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता ज्ञवालीले गलत कुरासँग बारम्बार सम्झौता गर्नुभन्दा जनतालाई फैसला गर्न दिनु उत्तम ठानेर प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गरिएको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको