May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

कमाण्डरहरूले जनयुद्धमा खेलेको भूमिकाप्रति प्रधानमन्त्री ओलीको सम्मान 

  • 17
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले ‘जनयुद्ध’ को अवधिमा खेलेको भूमिकाको तारिफ गरेका छन् ।

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार आयोजति भेटघाटमा प्रधानमन्त्री ओलीले ‘जनयुद्ध’ मा उनीहरुले दिएको योगदान, त्याग, बलिदानप्रती आफ्नो सम्मान रहेको बताएका हुन् ।

ओलीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरूपयोग गर्‍यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’


अध्यक्ष ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने आश्वासन दिएका छन् । ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) ले सञ्‍चालन गरेको सशस्त्र युद्धका केही कमाण्डरहरु बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गराएपछि सत्तारुढ नेकपा विभाजित भएको हो । ओली समूह र दाहाल-नेपाल समूहमा विभाजित नेकपा अहिले नेता तथा आफ्नो समुहमा पार्न विभिन्न कसरत गरिरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको